काठमाडौं– लघुवित्त पीडितरूले आक्रोस पोख्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । विगत दुई वर्ष देखि आन्दोरत रहेका लघुवित्त पीडितरू आफ्नो माग पूरा नभएको भन्दै आन्दोलनमा उत्रेका हुन् ।
लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्नेसँगै वित्तीय अपराध बन्द गर्न उनीहरुले माग राखेका हुन् ।
सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, धितो लिलाम फुकुवा गर्न, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका नौ बुँदे माग राख्दै देशका विभिन्न ठाउँबाट उनीहरू पैदल काठमाडौं आएका छन् । ।
मिटरव्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न लत्ताकपडासहित काठमाडौं आएका पीडितले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । उनीहरुको आन्दोलन बालुवाटारमा जारी छ ।
प्रतिक्रिया