आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र लयमा फर्किएको अर्थमन्त्रीको दाबी (पूर्णपाठ)


काठमाडौं – अर्थमन्त्री डा. प्रकाश शरण महतले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका छन् । कांग्रेस महासमिति बैठकमा आर्थिक प्रतिवेदन पेस गर्दै आफू अर्थमन्त्रीको रुपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेको उल्लेख गरे ।

‘आयात उच्च हुँदा बाह्य क्षेत्र असन्तुनल भई भुक्तानी सन्तुलन २ खर्ब ५५ अर्बले घाटामा रहेको र बाह्य क्षेत्र सन्तुलन कायम गर्न लिइएको कसिलो मौद्रिक नीतिका कारण ब्याजदर उच्च हुन पुगेको अवस्था थियो’, उनले भने, ‘कतिपय वस्तुको आयातमा गरिएको बन्देजले भन्सार विन्दुमा सङ्कलन हुने राजस्व प्रभावित भई राजस्वको वृद्धिदर ऋणात्मक हुन पुगेको र राजस्व सङ्कलन अपेक्षित नहुँदा सार्वजनिक वित्त सन्तुलनमा चाप परेको अवस्था थियो।’

नेपाली काँग्रेसका प्रवक्ता एवम् नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतद्वारा नेपाली काँग्रेसको महासमिति बैठकमा प्रस्तुत प्रतिबेदन यस्तो छ :