एनआईसी लगायत ‘बैंक तथा वित्तिय संस्थाको अवस्था सामान्य’-राष्ट्र बैंक

एनआईसी लगायत ‘बैंक तथा वित्तिय संस्थाको अवस्था सामान्य’-राष्ट्र बैंक


पछिल्लो केही दिन यता एन आई सी बैंकसँग सम्बन्धीत केही समाचारहरु बाहिर आइरहेका छन् । बैंकले विभिन्न ठाउँमा स्थापना गरेको शाखाहरु बन्द गर्न लागेको देखि रियल स्टेट क्षेत्रको कर्जा प्रवाह पारदर्शी नभएको भन्ने समाचार बहिरिएका हुन् । तर बैंकले यस्ता समाचार प्रकाशन भए लगत्तै दुई छुट्टा छुट्टै विज्ञप्ती निकाली सो समाचारहरु भ्रामक र कपोकल्पित हो भनेर खण्डन गर्याे । तर विज्ञप्ती पश्चात् पनि समाचार प्रकाशन हुन रोकिएका छैनन् । यता एक समुह केही समयदेखि बैंक तथ वित्तिय संस्थाको विरुद्धमा ऋण नतिर्ने र तिरेकाहरुलाई पनि तिर्न पर्दैन भनी उक्साईरहेको छ जुन समुहको नजरमा एन आई सी बैंक पहिलो नम्बरमा छ । ती समुहले एन आई सी एसिया बैंक डुब्दैछ भनी हल्ला फिजायो र बैंकको बचत झिक्न भन्दै सामाजिक सञ्जालमा पोष्टहरुलाई भाइरल गराईरहेका छन् । यसमा बैंकले आपत्ति जनाउँदै विज्ञप्ती निकालेको छ ।

पुससम्मको यस बैंकको पुँजी १४अर्ब ९१ करोड, रिजर्भ रकम १५ अर्ब ६७ करोड, बचत रकम ३ खर्ब ८१ अर्ब ३९ करोड,ऋण लगानी २ खर्ब ९३ अर्ब र खातामा रहेको बाँकी रकम ८४ अर्ब छ , त्यस्तै नाफा १ अर्ब ९० करोड छ करिव नेपालकै सबै सहकारीको ५०% पुजी र ऋण परिचालन गरेको छ यो विवरणलाई नियाल्दा नेपालकै उत्कृष्ट बित्तिय सुचक रहेको बैंक भनी बैंकरहरु विष्लेषण गर्छन । बैंकसँग पुस मसान्तसम्म खुद तरलता २७.२८ प्रतिशत रहेको छ । शाखा बन्द हुँदै, बैंक डुब्दै, बैंकले ऋणी माथि गरेको दुर्व्यवहारको गरको कुरा भ्रामक भएको बैंकको दावी छ ।

यस्ता सुचक बलिया भएका संस्था डुब्दैछ भनेर आएका होहल्लाले बैंकमा कारोबार गर्नेहरु निरुत्साहन हुने जानकारहरु बताउँछन । नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त एन आई सी लगायतका बैंकहरुको नकारात्मक समाचारको जुन हल्ला छ त्यो सरासर गलत हो र राष्ट्र बैंकले आवश्यक र नियमित रुपमा सप्पुर्ण बैकहरुको नियमन,सुपरिवेक्षण गरी बैंकको सुचकहरु नियालिरहेको छ ।
समग्रमा बैंक तथा वित्तिय संस्थाको अवस्था सामान्य छ । संकटमा परेको भन्ने कुरा गलत भएको राष्ट्रबैंकले बताएको छ । बैंकिङ्ग क्षेत्रमा अराजकता फैलाउनेलाई नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका छन् । विज्ञप्तिमार्फत आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याउन समेत सरकारी निकायहरुलाई आग्रह गरिएको छ ।

यसको लागि नियामक निकायले नियमन र निगरानी नगर्ने हो भने एन आइ सी एसिया बैंकका जस्ता भ्रामक र तत्थहिन समाचारले झनै प्रश्रय पाउने देखिन्छ । नेपालको कुल ग्राहस्थ्य उत्पादनमा बैंकहरुको योगदान करिब ६ प्रतिशत छ यति धेरै प्रतिशत योगदान रहेको यस क्षेत्रका गतिविधिहरुमा गलत अफवाह फैलाउनु अत्यन्तै निन्दनिय रहेको विज्ञहरुको बुझाई छ ।