काठमाडौं- सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । सूचना जारी गर्दै संस्थाले सुपरभाइजर, बरिष्ठ सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी, तालिमे करार तथा परीक्षणकाल पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
सूचना अनुसार उक्त पदका लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर, इमेल, इन्टरनेट सम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ । ईच्छुक योग्यता पुगेका व्यक्तिले फागुन १८ गतेभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।



About Us
प्रतिक्रिया