काठमाडौं– महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको छ । संगठित संस्थाको वर्गिकरण गर्दा महालक्ष्मी ‘ए’ वर्गमा परेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ
सूचनामा लेखिएको छ, ‘धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ वर्गमा पर्ने ब्यवस्था रहेको र सोही बमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको छ ।
देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका यस बैंकको गत पुस २८ गते सम्पन्न २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।



About Us
प्रतिक्रिया