जि.डब्लु.एमकाे इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिलः खरिदकर्तालाई ५ लाख सम्मको लाभ


काठमाडाैं – नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भि.जि ईम्पेक्सले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ काे नयाँ बिक्री प्रचार याेजना ल्याएकाे छ ।

कम्पनीले इलेक्ट्रिफाइङ डिलका साथ आफ्नो लोकप्रिय लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री प्रचार योजना ल्याएको हाे ।

यस योजना अन्तर्गत, ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन् । यो योजनाको अवधि माघ २८ देखि फागुन ३० (फेब्रुअरी ११, २०२४ देखि मार्च १३, २०२४) सम्म रहेको छ। जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन् ।

ओरा ब्रान्ड अन्तगर्त ओरा ०३ ईभी सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जि.डब्लु.एमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ । यसको रेट्रो– मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाईरहेकोे छ ।

नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ । ओरा ०३ लाई १००% इलेक्ट्रिक प्लेटफर्म लेमाेनमा डिजाइन गरिएको छ र सुरक्षित फिचरहरु भएकाले ओरा ०३ लाई एन क्याप र इयुराे एन क्याप दुबै बाट फाइभ–स्टार सेफ्टि रेटिङ प्रदान गरिएको छ ।

दुबै एन क्याप र इयुराे एन क्यापबाट फाइभ स्टार सेफ्टि रेटिङ पाउने केही इलेकिट्रक सवारी सवारीसाधन मध्येमा ओरा ०३ सावित भएको छ ।

जि.डब्लु.एम नेपालले ८ वर्ष वा १५,०००० प्ः पावर ब्याट्री (उच्च भोल्टेज ब्याट्री) (जुन पहिले आउँछ), ड्राइभ मोटर ओरा ०३ र, ४ वर्ष वा १५,०००० KM सबै गाडीमा प्रदान गर्दैछ ।