एनआईसी एशिया लघुवित्तले माग्यो २०३ जना कर्मचारी


काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पद तथा श्रेणीमा गरी २०३ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक, सहायक तथा प्रशिक्षार्थी सहायक जस्ता पदको विभिन्न श्रेणीमा आवेदन खुलाएको हो ।

सूचनामा तोकेबमोजिमको योग्यता पुगेको इच्छुक व्यक्तिले फागुन १५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।