काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३० गते साधारण सभा बोलाएको छ। सभा आगामी ३० गते काठमाडौंको लिसारा रिसेप्सन, भगवती बहालमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले यो वर्ष सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारितको मुख्य एजेन्डासहित साधारण सभा बोलाएको हो।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागनु ११ गते बुक क्लोज गर्ने भएको छ ।



About Us
प्रतिक्रिया