काठमाडौं– राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ४१ करोड ४७ लाख ९२ हजार रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरणअनसार कम्पनीले गत वर्ष ६ अर्ब १४ करोड ५० लाख कुल बीमा शुल्क खर्च गरेको थियो ।
यो वर्ष कम्पनीको गत वर्षको तुलनामा नाफामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा ९९ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले यस वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ४२ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको शेयर पूँजी १८ करोड १० लाख रुपैयाँ छ भने संचिती जगेडा कोषमा कम्पनीले ४९ करोड ८० लाख रुपैयाँ राखेको छ ।
साथै चालु आर्थिक वर्षमा कम्पनीले अभिकर्ता कमिशनमार्फत ९ करोड ९ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थि कवर्षको सोही अवधिमा कम्पनीले अभिकर्ता कमिशनमार्फत ९ बरोड १३ लाख रुपैयाँ खर्च गरेको थियो ।



About Us
प्रतिक्रिया