आजबाट अध्यागमन विभाग ८ बजे खुल्ने


काठमाडौं– मंगलबारबाट अध्यागमन विभाग बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने भएको छ । योसँगै विभागले अब हप्ताको सात दिन नै सेवा प्रवाह पनि गर्नेछ । इ–भिसा लागू गरेपछि विभागले दुई सिफ्टमा सेवा दिन थालेको हो ।

इ–भिसा, पर्यटक भिसाको म्याद थप, गैरपर्यटक भिसा र निषेधित क्षेत्रमा ट्रेकिङ पर्मिट जस्ता सेवा दिन विभागले उक्त नीति सञ्चादन गर्न थालेको हो । यसबाट पर्यटकहरुले सहज रुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास विभागको छ ।

यसअघि भने विभागको कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र थियो भने सार्वजनिक विदाको दिन पनि विदा हुने गर्दथ्यो ।