काठमाडौं – हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा आह्वान गर्न भएको हो ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोडको ८० प्रतिशत हुन आउने आठ अर्ब ३२ करोड रुपैयाँ बराबरको आठ करोड ३२ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले फागुन २० गते आइतबार वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।



About Us
प्रतिक्रिया