यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर


काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा र बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ।

त्यस्तै भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको केन्द्रीय बैंकले जनाएकाे छ।