गार्डियन माइक्रो लाइफको खुद नाफा ३ लाख बढी


काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमाससम्म ३ लाख बढी नाफा कमाएको छ । कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासकाे वित्तीय विवरणमा कम्पनीले ३ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको देखिएको हाे।

साथै यस अवधिमा कम्पनीले ६६ लाख ३४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीले यस अवधिमा १३ लाख १३ हजार पुनर्बीमा मार्फत खर्चिएको छ । कम्पनीले समिक्षा अवधिमा ५३ लाख २० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।