विन नेपाल लघुवित्तको साधारण सभा फागुन २९ गते


काठमाडौं –विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेकोल वार्षिक साधारणा सभा फागुन २९ गते बस्ने भएको छ। सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने छ।

साथै चालू आर्थिक वर्ष २०८०को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे बस्ने छ ।