काठमाडौं – सीवाईसी लघुवित्त वित्तीय संस्थाको नाफा १९ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६ महिनामा ब्याज आम्दानी बढे पनि नाफा १९ प्रतिशतले घटेको देखिन्छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ६ महिनामा खुद नाफा १ करोड ९१ लाख रुपैयाँ छ ।
गत वर्षको यसै अवधिमा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेको देखिन्छ। गत वर्षको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १२ करोड १४ लाख रहेकोमा अहिले १३ करोड १८ लाख रहेको छ ।
कम्पनीको सञ्चालन खर्च बढ्दा नाफा घटेको देखिन्छ । सञ्चालन खर्च गत वर्षको दोस्रो त्रैमासमा ११ करोड १३ लाख रुपैयाँ रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा १४ करोड ७० लाख पुगेको छ ।



About Us
प्रतिक्रिया