सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं –सिद्धार्थ बैंक लिमिटेडले २ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी निखिल गोयल पवित्र लाल चुकेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले शेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता शेयर र पवित्र लाल चुकेको नाममा रहेको ४३ हजार १८६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुका लागि ३५ दिन तोकिएको छ ।

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाई आवेदन पेश गर्न सक्नेछन् ।