सन नेपाल लाइफको नाफामा गिरावट


काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिस्कृत विवरण सार्वजनिक गरेसँगै खुद नाफा २ करोड ८४ लाख रुपैयाँ पुगेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा भने खुद नाफा ३५ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रिमियम आम्दानी पनि घटेको हो । गत वर्षको दोस्रो त्रैमासमा प्रिमियम आम्दानी १ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब ७७ करोड पुगेको हो ।