काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुन १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन भने १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलमा जम्मा ५ रुपैयाँले बढेको छ । योसँगै चाँदी आज १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया