काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आगामी फागुन ६ गते हुने भएको छ । शंखमुलस्थित अनमोल ब्यांकेटमा हुने सभा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।
आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीले सभामा नाफा–नोक्सान तथा नगद प्रवाहको विषयमा पनि छलफल गर्नेछ । साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र कम्पनीको पारिश्रमिक निर्धारण गर्ने खाका पनि बनेको हो । योसँगै संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जनाको निर्वाचन पनि सभामार्फत हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीकले माघ २२ गते बुक क्लोज गर्नेछ । त्यसैले माघ २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।



About Us
प्रतिक्रिया