काठमाडौं – पुवाखोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नियुक्ति सम्झौतापत्रमा पुवाखोला–१ प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे।
कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासन गर्ने बताएको छ।



About Us
प्रतिक्रिया