राष्ट्र बैंकको निर्देशनपछि मिर्मिरे लघुवित्तको लाभांश रद्ध

राष्ट्र बैंकको निर्देशनपछि मिर्मिरे लघुवित्तको लाभांश रद्ध


काठमाडौं- मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस वर्ष ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्द गरेको हो ।