मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दृष्टि आई केयर सिस्टममा विशेष छुट  

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दृष्टि आई केयर सिस्टममा विशेष छुट  


बैंकिङ्ग समाचार, काठमाडौं । 

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने योजनाका साथ दृष्टि आइ केयर सिस्टसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड प्रयोग गर्ने ग्राहकहरुले दृष्टि आइ केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । दृष्टि आई केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँया बानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् । 

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुनसुकै बैकको एटीएमबाट बिना कुनै  शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा जस्ता तमाम कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।