नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने निर्णय


काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई निराश बनाएको छ । यस पटक सेयरधनीलाई लाभांश नदिने निर्णय भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका विवरण पारित गरी स्वीकृतिको लागि बीमा प्राधिकरणसमक्ष पठाउने निर्णय बैठकले गरेको छ ।