युगाण्डाबाट फर्किएका प्रधानमन्त्री भन्छन्ःविकासोन्मुख देशको हितमा आवाज उठाएँ


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएको बताएका छन् ।

युगाण्डाको कम्पालामा सम्पन्न भएको नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वका विकासोन्मुख मुलुकले आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदाररूपमा उठाएको बताए ।

असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रियरुपमा सहमति भएका विकासका लक्ष्यहरु समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषयलाई आफूले सम्मेलनका क्रममा जोडदार रूपमा उठाएको प्रधानमन्त्रीको भनाइ छ । (रासस)