रिलायबल नेपाल लाइफको लाभांश सार्वजनिक, साधारण सभा माघ २९ गते



काठमाडौं,
रिलायबल नेपाल लाइफ कम्पनीले लाभांश सार्वजनिक गरेको छ । हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ ।

रिलायबल नेपाल लाइफले भने साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। सातौं वार्षिक साधारण सभा माघ २९ गते, गर्ने भएको छ ।