काठमाडौं– प्राइम कमर्सियल बैंकको खुद नाफा बढेका छ । बैंकले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो ।
चालू आवको पुस मसान्तसम्ममा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड २० लाख रुपियाँ नाफा कमाएको थियो ।
त्यसैगरी बैंकको खुद ब्याज आम्दानी ९.५४ प्रतिशत बढेको छ भने खुद फी तथा कमिशन आम्दानी ४३.६३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १३.११ प्रतिशत र सञ्चालन मुनाफा ३२ प्रतिशत बढेको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपियाँ, प्रतिशेयर वितरणयोग्य मुनाफा ४.१० रुपियाँ, प्रतिशेयर आम्दानी २२.५० रुपियाँ पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको मूल्य आम्दानी अनुपात ९.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१.२२ पैसा रहेको छ ।



About Us
प्रतिक्रिया