गैर बैंकिङ्ग सम्पत्ति बेच्दै एनआईसी एशिया


काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न स्थानमा रहेको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्न लागेको छ । बैंकले काठमाडौं लगायत ७५ स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो। उक्त सम्पत्ति खरिद गर्न इच्छुक विभिन्न व्यक्ति, संस्था वा कम्पनीले माघ ५ गतेदेखि ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ।

बोलपत्र सम्बन्धी शर्त बन्देज सहितको बोलपत्र फारम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंबाट एक हजार तिरेर प्राप्त गर्न सकिनेछ ।

प्राप्त बोलपत्रहरु बैंकले कुनै कारण नखुलाई अस्वीकार गर्न सक्नेछ । बैंकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्रवान गरेको छ ।