आफ्ना सेयरधनीलाई पुरानो लाभांश संकलन गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकको अनुरोध


काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश संकलन गर्न अनुरोध गरेको छ । बैंकले सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र पुरानो नगद लाभांश संकलन गर्न अनुरोध गरेको हो।

बैंकले साधारण सभाले पारित गरेको मितिले ५ वर्षसम्म पनि कुनै सेयरधनीले बुझी नलिएको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानूनी ब्यवस्था छ ।

सोही अनुसार बैंकले सूचना प्रकाशित गरेको जनाएको छ । तोकिएको समयभित्र नगद लाभांश संकलन नगर्ने सेयरधनीको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।