१९ लाख ७७ हजार आईपीओ निष्कासन गर्ने तयारीमा रहेको जीवन विकास लघुवित्तको वित्तीय अवस्था

१९ लाख ७७ हजार आईपीओ निष्कासन गर्ने तयारीमा रहेको जीवन विकास लघुवित्तको वित्तीय अवस्था


बैकिङ्ग समाचार ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले उक्त इकाईको आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फागुन १७ गते निवेदन दिइसकेको छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ३६ करोड ८१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २२ करोड ५९ लाख  नाफा कमाएको थियो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी खराब कर्जा संकलनमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ४८ करोड ५९ लाख खराब कर्जा उठाएको छ ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ६ करोड ८८ लाख खराब कर्जा उठाएको थियो । कम्पनीको चुक्तापूँजी रू. ४१ करोड ६ लाख रहेको छ । कम्पनीले जगेडा कोषमा रू. ९८ करोड ७४ लाख सञ्चित गरेको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४३ करोड ५५ लाख जगेडा कोषमा सञ्चित गरेको थियो ।कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

हाल कम्पनीले १५४ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।कम्पनीको  केन्द्रीय कार्यालय  मोरङ जिल्लाको कटहरी -२ मा रहेको छ ।