काठमाडौं,
यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० दशमलव २६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० .५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिरकणबाट स्वीकृती भएपछि रलगानीकर्तामा वितरण गर्नेछ ।



About Us
प्रतिक्रिया