२१ प्रतिशतले घट्यो माछापुच्छ्रे बैंकको खुद नाफा


काठमाडौं- माछापुच्छ्रे बैंकको खुद नाफा गत आर्थिक वर्षको तुलनामा २१.४५ प्रतिशतले घटेको छ। बैंकले ६ महिनामा ८० करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेको छ । बैंकले २ अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको सञ्चालन मुनाफामा पनि १३.१९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै बैंकको खराब कर्जा बढेर २.६२ प्रतिशत पुगेको छ । बैंकले यस अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँको निक्षेप संकलन गरेर र १ खर्ब २९ अर्ब करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष भने बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
त्यस्तै हाल बैंकको ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।