नेपाल बैंक लिमिटेडमा तीन जना लेखापरीक्षक नियुक्त


काठमाडौं– नेपाल बैंक लिमिटेडले ६३ औं वार्षिक सभाबाट तीन जना लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीन जनालाई लेखापरीक्षक नियुक्त गरेको हो ।

चाटर्ड एकाउन्टेन्ट (सी.ए.) प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइराला आर्थिक वर्ष २०८०/ ८१ का लागि बैंकको लेखापरीक्षकको रुपमा नियुक्त भएका हुन् ।

बैंकले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नियामक नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।