सोनापुर मिनिरल्सको साधारण सभा माघ २६ मा , छैन लाभांश वितरणको प्रस्ताव


काठमाडौं– सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको १६ औं वार्षिक साधारण सभा माघ २६ गते हुने भएको छ । साधारण सभा माघ २६ गते शुक्रबार होटल माला इनमा हुन लागेको हो । कम्पनीले साधारणसभामा लाभांश वितरण गर्ने कुनै प्रस्ताव राखेको छैन । सभाले कम्पनीको उदेश्य थप (संशोधन) गर्ने छ । कम्पनीकोे माघ ३ गते बसेको सञ्चालक समितिको बैठकसाधारण सभा आह्वान गरेको हो ।

यस्तै सभाले प्रबन्धपत्र संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले माघ १२ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार, माघ ११ गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन्।