काठमाडौं–कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३२.१८ प्रतिशत बढेर २५ करोड ८९ लाख रुपैयाँ गरेको छ ।
गत वर्षको सोही अवधिमा बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ३.३१ रुपैयाँ बढेर १५.७८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.३६ गुणा रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब १६ करोड रुपैयाँ, सञ्चाल नाफा ३७ करोड रुपैयाँ र वितरणयोग्य नाफा १०..६४ प्रतिशत अर्थात् १७ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ, जगेड कोष १ अर्ब ५१ करोड रुपैयाँ, निक्षेप संकलन ६१ प्रतिशत बढेर ५६ अर्ब २० करोड ६४ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.२३ प्रतिशत घटेर ९५ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खराब कर्जा दर पनि घट्दो छ । गत वर्ष ३.७० प्रतिशत रहेकोमा पुससम्म घटेर खराब कर्जा ३.४२ प्रतिशत मा झरेको छ । यस्तै, आधार दर ११ प्रतिशत, कर्जा निक्षेप (सीडी) रेसियो ८०.४१ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया