मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, एफपिओ निष्काशन गर्ने

मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, एफपिओ निष्काशन गर्ने


बैकिङ्ग समाचार ।
मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १८ गते बुधबार काभ्रेको बनेपा स्थित पन्चकन्य ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  ९.२० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८२९४४ गरि कुल ९.६८२९४४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड ६१ लाख रहेको छ ।

त्यस्तै सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पेश गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पेश गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको नियुक्ति तथा राजिनामा अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा प्रिमियममा एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ। कम्पनीले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने क्रममा  स्वेडाका तत्कालिन संस्थापक शेयरधनीले राखेको कल इन एडभान्स रकमलाई सस्न्थापक शेयरधनीको चुक्ता पुँजीमा समायोजन गर्ने र स्वेडालाई प्राप्ति पश्चात संस्थापक र सर्बसाधारण शेयरधनीको स्वामित्व मिलाउन एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ ।  कम्पनीले कति रकमको एफपिओ निष्काशन गर्ने भन्ने बारे खुलाएको छैन । 

बोनस र एफपिओ जारी गर्दा पुँजी वृद्धि हुने भएकोले सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप निर्देशन भई आएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ । त्यस्तै सभामा अन्य लघुवित्तसँग गाभ्ने/गाभिने निर्णय गर्ने तथा सो को लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । संस्थाको नाममा खरिद गरिएको जग्गामा संस्थाको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ८ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।