नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम ९ अर्ब माथि



काठमाडौं,
आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार १२ दशलमव १० अंकले घटेर २,१६३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ६३ कम्पनीको शेयर मुल्य बढेको छ भने १८० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै अन्य उपसूचक १ दशलमव ९४ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।