बनेपा-
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा ४१.४८ प्रतिशतले घटेको छ । लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दै जाँदा लघुवित्तको खुद नाफा पनि घटेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८४ प्रतिशत घटेको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा २१.९५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१.४८ प्रतिशत घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा संस्थाको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ।
हाल संस्थाको चुक्ता पूँजी ६६ करोड ५७ लाख रुपैयाँ रहेको छ भने लघुवित्तको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ रहेको छ। त्यस्तै ६ महिनामा लघुवित्तको निक्षेप तथा सापटी ०.४० प्रतिशत घटेको छ भने कर्जा लगानी ३.३२ प्रतिशत घटेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने पहिलो कम्पनी मिर्मिरे लघुवित्त रहेको छ ।
प्रतिक्रिया