२१ अंकले घटेको बजारमा ३ कम्पनीको सेयर मूल्य बढ्यो १० प्रतिशत

२१ अंकले घटेको बजारमा ३ कम्पनीको सेयर मूल्य बढ्यो १० प्रतिशत


बैकिङ्ग समाचार । 
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २१ अंकले घटेको छ। आजको कारोबारपछि परिसूचक २४८५ अंकमा कायम भएको छ। यस दिन कुल ५ अर्ब रुपैयाँको सेयर कारोबार भयो। 

यस दिन होटल तथा पर्यटन र जलविद्युतबाहेकका सबै समूह घटेका छन्। होटल तथा पर्यटन ५० र जलविद्युत १८ अंकले बढेका छन्। 

बैंकिङ १२, ब्यापार १८१, विकास बैंक ५, फाइनान्स ३, निर्जीवन बीमा ८५, उत्पादन ८२, अन्य १७, माइक्रोफाइनान्स ५१, जीवन बीमा ३०६ र लगानी समूह १ अंकले घटेका छन्। 

समग्र बजार घटे पनि तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर्स र रैराङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। 

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) अग्रस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य प्रतिकित्ता १० रुपैयाँले घटेर ५४२ रुपैयाँ कायम भएको छ। 

त्यस्तै नेपाल बैंकको ३९ करोड रुपैयाँ बराबरको कारोबार भयो भने माथिल्लो तामाकोसीको २४ करोड रुपैयाँको कारोबार भयो। 

यस दिन नेसनल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशतले घट्यो। त्यस्तै साल्ट ट्रेडिङको मूल्य ५ प्रतिशतले घट्यो।