काठमाडौं – रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि आईपीओ जारी गर्ने भएको छ । मिल्सले पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको जनाएको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्ने भएको छ । जसमध्ये पहिलो चरणमा ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री गर्ने भएको हो ।
संस्थागत लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्मका लागि बोलकबोल गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया