नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सिईओ खतिवडाले दिए राजीनामा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सिईओ खतिवडाले दिए राजीनामा


काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । खतिवडाको राजीनामा १ माघदेखि लागु हुनेगरी बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय समेत बैठकले गरेको छ।

संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैंकको नियमावली बमोजिम मिति २०७७ माघ १ गतेदेखि लागू हुनेगरी बैंकको सीईओ मा खतिवडालाई नियुक्त गरेको थियो।