माछापुच्छ्रे बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन


माछापुच्छ्रे बैंक लिमिटेडले बिक्रीमा ल्याएको सेयर आजसम्म खरिद गर्न सकिने छ । बैंकले पुस २५ गतेदेखि बिक्रीमा ल्याएको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयरमा आवेदन दिनका लागि माघ २ गते अन्तिम दिन तोकेको हो ।

उक्त बैंकको सेयरको बिक्री मूल्य न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा न्यूनतम १० लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने बैंकले जनाएको छ ।