नेपाल वायुसेवा निगमले गर्यो जहाज खरिदबापतको ५३ करोड भुक्तानी


काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदबापतको ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको ५३ करोड ९ लाख ५५ हजार २८१ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको पुस मसान्तको किस्ताबापत पूरा र दुई वाइड बडी जहाजको आंशिक रकम भुक्तानी गरिएको हो ।

निगमले पछिल्लो १८ महिनमा किस्ताबापत ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ भुक्तानी गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए।