जीवन बीमा अभिकर्ता परीक्षाको मिति तय



काठमाडौं,
नेपाल बीमा प्राधिकरणले माघको पहिलो साता हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ।

प्राधिकरणले माघ २ गतेदेखि माघ ५ गतेसम्म परीक्षा सञ्चालन गर्न लागेको हो। प्राधिकरणका अनुसार माघ २ तीन सिफ्टमा परीक्षा हुनेछ। जसअनुसार पहिलो सिफ्टमा बिहान ८ः३० बजेदेखि बिहान १० बजेसम्म, दोस्रो सिफ्टमा अपराह्न ४ बजेदेखि साँझ ५ः३० बजेसम्म र तेस्रो सिफ्टमा साँझ ६ बजेदेखि ७ः३० बजेसम्म परीक्षा सञ्चालन हुनेछ।

यसैगरी, माघ ३ र माघ ४ गते पनि तीन सिफ्ट परीक्षा हुनेछ। यी दुवै दिन पहिलो सिफ्टमा बिहान ८ः३० बजेदेखि बिहान १० बजेसम्म, दोस्रो सिफ्टमा अपराह्न ४ बजेदेखि साँझ ५ः३० बजेसम्म र तेस्रो सिफ्टमा साँझ ६ बजेदेखि ७ः३० बजेसम्म परीक्षा सञ्चालन हुनेछ।

माघ ५ गते पनि तीन सिफ्टमै परीक्षा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। जसअनुसार पहिलो सिफ्टमा बिहान ८ः३० बजेदेखि बिहान १० बजेसम्म, दोस्रो सिफ्टमा दिउँसो १ः३० बजेदेखि दिउँसो ३ बजेसम्म र तेस्रो सिफ्टमा दिउँसो ३ः३० बजेदेखि साँझ ५ बजेसम्म परीक्षा सञ्चालन हुनेछ।