महालक्ष्मी विकास बैंकका सीईओ देवकोटाले दिए राजीनामा


काठमाडौं- महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटाले राजीनामा दिएका छन् । आफ्नो १४ महिना कार्यकाल बाँकी नै हुँदा उनी बैंकबाट बाहिरिएका हुन् ।

२०७७ चैतमा उनी महालक्ष्मीको सीईओमा नियुक्त भएका थिए । देवकोटा करिब दुइ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय व्यक्ति हुन् ।

उनी महालक्ष्मीको सीईओ हुनु अघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृत रहेका थिए । महालक्ष्मीमा सीईओ पाउने भए पछि उनले सिटिजन्स बैंक छाडेका थिए ।