नबिल बैंकले पनि घटायो ब्याजदर, कुन बचत खातामा कति दिँदैछ ?


काठमाडौं,

नबिल बैंक लिमिटेड बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साधारण बचत खातामा न्यूनतम ४.१ प्रतिशतदेखि अधिकतम ६।१ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.१ प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । त्यस्तै, बैंकले नबिल प्रिमियम रेमिटेन्स बचत खातामा ७.१ प्रतिशत ब्याजदर कायम गरेको छ ।