आईजीआई प्रुडेन्सियलले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने निर्णय



काठमाडौं,
आईजीआई प्रुडेन्सियलले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९\८० को वित्तीय विवरण नियमनकारी निकाय बीमा प्राधिकरणमा पठाउने र प्राधिकरणबाट स्वीकृति भएपश्चात साधारणसभामा लैजाने निर्णय कम्पनीले गरेको छ ।

यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७९\८० मा ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष २०७८\७९ मा ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५४५ रुपैयाँ छ ।