कामना सेवा विकास बैंकले घटायो ब्याजदर



काठमाडौं,
कामना सेवा विकास बैंकले आज माघमा लागू हुने ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघदेखि लागू हुने ब्याजदर घटाएर सार्वजनिक गरेको हो।

जसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत र संस्थागतको ७ प्रतिशतमा झारिएको छ। पुसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.६० प्रतिशत र संस्थागतको ७.६० प्रतिशत थियो।

बैंकले माघमा निक्षेप बचत खाताको ब्याजदर पनि घटाउँदै न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म दिने भएको छ।

बैंकले कल निक्षेपको ब्याजदर पनि २.३० प्रतिशतबाट घटाएर २ प्रतिशत कायम गरेको छ।

कामना सेवा विकास बैंकको आधारदर घटेर ११.१४ प्रतिशत कायम भएको छ।

आधारदर घटेसँगै यो बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर पनि घट्ने भएको छ। बैंकले आधारदरमा अधिकतम ४ देखि ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्दै आएको छ।