कुमारी बैंकले घटायो ब्याजदर

कुमारी बैंकले घटायो ब्याजदर


काठमाडौं- कुमारी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी ब्याजदर घटाएर प्रकाशन गरेको हो । माघ महिनामा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत, न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ ।

संस्थागत निक्षेपमा बैंकको मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत कायम गरेको छ । पुस महिनामा संस्थागत निक्षेपमा ब्याजदर ६ दशमलव ६७ प्रतिशत थियो।