काठमाडौं – सर्वोत्तम सिमेन्ट लिमिटेडले आज (बुधबार) देखि निष्कासन गरेको आइपीओमा सम्पूर्ण कित्ताका लागि आवेदन परेको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीले कुल २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारमा जानेहरुका लागि छुट्याएकोमा पहिलो दिन नै ३ लाख ६५ हजार ५५० कित्ता माग गर्दै आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । वैदेशिक रोजगारमा रहेका कुल ४ हजार ९०९ जना आवेदकले पहिलो दिन आईपीओमा आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० ९० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया