काठमाडौं,
इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक भएको छ।
वार्षिक साधारणसभाबाट भोलि पुस २६ गते सभाले संस्थापक शेयरधनीहरुबाट निर्वाचित हुने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ।
निर्वाचन कार्यक्रम तालिकाअनुसार आज पुस २५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम मतदाता नामावली सार्वजनिक, उम्मेदवार मनोनयनपत्र दर्ता, उम्मेदवारहरुको सूची प्रकाशन उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने र मनोनयनपत्रको जाँच र उजुरीउपर निर्णय गरी उम्मेदवारहरुको नामावली प्रकाशित गरिनेछ।
निर्वाचन कार्यक्रम तालिका अनुसार भोलि पुस २६ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली पनि भोलि नै प्रकाशित गरिनेछ।
मतदान गर्ने कार्यक्रम ११ बजेपछि सुरु हुनेछ। त्यसपछि मतगणना गरी मतपरिणाम घोषणा गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया